नियम ६०
शपथ ग्रहण
(१) अध्यक्षले प्रधान न्यायाधीश समक्ष तथा सदस्यले अध्यक्ष समक्ष शपथ सम्बन्धी प्रचलित कानून बमोजिमको ढाँचामा शपथ- ग्रहण गर्नु पर्नेछ ।
(२)/ नियम ३१ बमोजिम मेलमिलापकर्ताको सूचीमा सूचीकृत भएपछि मेलमिलापकर्ताले अध्यक्ष वा अध्यक्षले तोकेको सदस्य समक्ष अनुसूची-८ बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।